एमसीसी शुक्रबार संसदमा टेबल हुन्छ : प्रधानमन्त्री देउवा

लोकपथ
308
Shares

काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसकामस भएपछि सहमति टाडिएको हो ।

‘आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौं भन्नुभयो । उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ बालुवाटार स्रोतले भन्यो ।

जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहोर्याएका थिए ।

‘हाम्रो पार्टीले निर्णय गरीसकेको छ, अब पछि हट्न सकिदैन । भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल हुन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उद्वृत गर्दै स्रोतले भन्यो ।

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो । प्रतिनिधिसभा बैठकअघि देउवा, पचण्ड र नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए ।

त्यसपछि बिहीबार विहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन ।

एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरुबीच बैठक बस्दै छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ ।

एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांग्रेस] एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् । न्युज कारखाना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?