एमसीसी राष्ट्रहितमा छ, यसलाई पास गरेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री देउवा

लोकपथ
420
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।

उनले संसदमा टेबल भएपछि पास–फेल जे भए पनि त्यसलाई स्वीकारेर जाने बताए ।

‘पास या फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्यसम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

उनले एमसीसी राष्ट्रकाे हितमा भएकाेले पास गर्दा नै नेपालकाे भलाइ हुने कुरामा जाेड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?