पेट्रोलियम पदार्थको मूल्य भारतले बढायो, नेपालमा के होला ?

लोकपथ
588
Shares

भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने इन्धनको मूल्य बढाएको छ । भारतीय निगमले आज पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर नेपाललाई मूल्यसूची पठाएको छ ।
मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि निगमले नेपाली उपभोत्ताको लागि मूल्यवृद्धिको निर्णय भने लिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?