हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
जसका कारण हाल देशभर आंशिक बदली रहेको छ भने शुक्रबार बिहान धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
तथा तथा मौसम विभागको मौसमी बुलेटिन अनुसार शुक्रबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया