भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

लोकपथ
0
Shares

काठमाडौं । धादिङको मझिमटारमा भोलि (सोमबार) तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।

योजनाले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइनेछ ।

निर्माण कार्य सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न लागिएको योजनाले जनाएको छ ।

सडक योजना कार्यालयले उक्त समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै ट्राफिक नियम पालना गरेर सुरक्षित यात्रा गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?