सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो ।
हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया