काठमाडौं । विशाल ग्रुपले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको हो । ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र निर्देशक अर्पित अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, भीजी फाउन्डेसनमार्फत बाढी प्रभावित परिवारलाई खाद्यान्न, पानी, दैनिक उपभोग्य सामग्री र सरसफाइका सामग्रीसहित ५ हजार राहत प्याकेज वितरण भइरहेको ग्रुपले जनाएको छ ।
ग्रुपले प्रभावित क्षेत्रमा हजारौं कम्बल र शलसमेत सहयोग गरेको जनाएको छ ।
विशाल ग्रुपले आफ्नो सहयोगलाई विपद्का बेला भइरहेको सामूहिक प्रयासको सानो हिस्सा भएको बताएको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका उद्धार टोली, स्थानीय तह र स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया