काठमाडाैं । गायक विशम आचार्यले नयाँ गीत ‘माया देऊ’ सार्वजनिक गरेका छन् । लेखु सहयात्रीको शब्द र संगीत रहेको उक्त गीत शुक्रबार भिडियोसहित सार्वजनिक भएको हो ।
पछिल्लो समय संगीत संयोजनमा उदाउँदै गरेका आचार्यलाई नवगायिका सोनु निरौलाले स्वरमा साथ दिएकी छिन् ।
सुरज तामाङले निर्देशन गरेको भिडियोको मुख्य भूमिकामा स्वयम् गायकगायिका विशम र सोनुलाई नै देख्न सकिन्छ । उनीहरुलाई विकाश लिम्बु र सुरज तामाङले भिडियोमा साथ दिएका छन् ।

भर्खर बिहे गरेका श्रीमान् श्रीमतीबीचको रोमान्टिक प्रेमलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
लोग्नेले रक्सी खाने, तास खेल्ने र बरालिएर हिँड्दा रिसएजस्तो गरे पनि श्रीमती रिसाइरहन सक्दिन । छिनमै रिसाउने, माफी माग्ने अनि छिनमै रामान्टिक मुडमा आउनाले भिडियाे रमाइलो बनेको छ ।
‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको संगीत संयोजन विशम आचार्यकै रहेको छ । विशाल थापाले खिचेको भिडियोलाई सुमन मगरले सम्पादन गरेका हुन् ।
गीत ‘विशम आचार्य’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया