काठमाडाैं । संगीत भकारीले नयाँ गीत सार्वजनिक गरेको छ । आइतसिंह गुरुङको आवाजमा रहेको ‘आज जान देऊ’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।
स्वस्थ्य सेवामा लागेका स्वास्थ्यकर्मीहरुले अरुलाई बचाउँदा बचाउँदै आफैँलाई समेत गुमाउनुपर्ने कारुणिक विषयलाई भिडियोमा देखाइएको छ ।
कोभिड–१९ जस्तो विश्वव्यापी महामारीमा संसारभरका स्वास्थ्यकर्मीहरुले देखाएको कामप्रतिको इमानदारिता र उनीहरुको योगदानप्रति सम्मान गर्दै गीत तयार पारिएको गायक, संगीतकार तथा संगीत भकारीका सञ्चालक करणराज कार्कीले बताए ।

भिडियोमा नाजिर हुसेनको साथमा शिक्षा संग्रौला र पृथ्वी खनाललाई देख्न सकिन्छ ।
सौरभ तिम्सिनाले लेखेको गीतलाई प्रविन दियालेले संगीत भरेका छन् भने संगीत संयोजन सञ्जिव बराइलीले गरेका हुन् ।
मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिल कुमार मानन्धरको छायांकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ ।
गीतलाई संगीत भकारी युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया