गोवामा सँगै देखिए नोरा फतेही र गुरु रन्धावा, रिलेसनमा रहेको चर्चा

लोकपथ
1.5k
Shares

काठमाडौं । नोरा फतेहीलाई बलिउडकी चर्चित नायिकामा गनिन्छिन् । उनी आफ्नो डान्सका कारण पनि निकै चर्चामा छिन् । नोराले आफ्ना डान्स मुभले दर्शकको होश उडाउने गरेकी छिन् ।

गुरु रन्धावा पनि पञ्जाबी पप स्टार हुनुको अलावा उनको नाम पनि बलिउडका चर्चित गायकको रुपमा स्थापित छ । गुरु रन्धावा आफ्नो गायन र लुक्सको मामिलामा पछि छैनन्, उनको फ्यान फलोइङमा केटीहरूको लामो सूची छ। हालै गुरु र नोरा गोवामा सँगै देखिएका छन् । सामाजिक सञ्जालमा दुवै स्टारका तस्बिरहरु भाइरल भइरहेका छन्, जसलाई देखेपछि फ्यानहरुले दुई जना डेट गर्दै छन् कि भनेर प्रश्न गरेका छन् ।

नोरा फतेही, गुरु रंधावा

यी दुई चर्चित कलाकारले गत वर्ष ‘नच मेरी रानी’को म्युजिक भिडियोमा सँगै काम गरेका थिए । यी दुईको केमेस्ट्रीलाई मानिसहरूले मन पराएका छन् । अब फेरी एक पटक दुबैलाई सँगै देखिएपछि फ्यानहरुले तुरुन्तै प्रतिक्रिया दिन थालेका छन् । नोरा फतेही र गुरु रन्धावाको गोवाको समुद्र तटमा रमाइलो गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यी तस्बिरहरु हेरेपछि उनीहरुको सम्बन्धको हल्ला चलेको छ । एक प्रयोगकर्ताले लेखेका छन्, नयाँ जोडी, अर्का प्रयोगकर्ताले लेखेका छन्, के दुवै डेटिङ गर्दै हुनुहुन्छ ?

नोरा, गुरु रंधावा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?