काठमाडौं । नेपाली फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घटनाक्रमलाई देखाइएको छ ।
हरर विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो । यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् ।
फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रुमले छायांकन गरेका छन् ।
फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर विधामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ’, फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।
कार्यक्रममा कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको शर्माले बताइन् ।
लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर् फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।
ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार व्यवस्थापकको रुपमा जोडिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया