काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूह मिलेर अघि बढ्ने संकेत देखिएको छ ।
यसअघि जिल्ला र प्रदेशमा समेत साझा उम्मेदवार खडा गरेका देउवा र सिटौला समूह मिलेर अघि बढ्ने संकेत देखिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतरका अन्य नेताहरु साझा उम्मेदवार खोजी गरिरहेका छन् भने देउवाले आफू सभापति लड्ने उद्घोष गरेसँगै पदाधिकारीको खोजीमा रहेका छन् ।
आज देउवा निवासमा बसेको बैठकले सभापतिसहित पदाधिकारीहरुको अनौपचारिक रुपमा नामावली समेत सार्वजनिक गरिसकेको छ । तर सिटौला पक्ष भने मिलेर जाने वा छुट्टै उम्मेदवार खडा गरेर जाने भन्ने छलफलमा रहेको छ ।
सिटौला टिमका खम्बा मानिएका गगन थापा पौडेल पक्षबाट महामन्त्रीमा उम्मेदवार दिने तयारीमा छन् । अन्यौलमा रहेका सिटौलालाई दुवै टिमबाट मिलेर अघि बढ्न सुझाव आएको छ ।
देउवा पक्षबाट अनौपचारिक रुपमा उपसभापतिको अफर आएको छ भने पौडेल स्वयंले भेटेर आगामी दिनमा सँगै अघि बढ्न आग्रह गरेका थिए । तर सिटौलाले भने दुवै पक्षतर्फ कुनै प्रतिक्रिया जनाएका छैनन् । महाधिवेशनकेन्द्रित छलफलका लागि आज आफूपक्षीय नेताहरुसँग छलफल गरेका छन् ।
सो क्रममा नेताहरुले देउवा टिमसँग मिलेर अघि बढ्न सुझाव दिएको एक नेताले जानकारी दिए । कुन टिमसँग मिलेर अघि बढ्ने भन्नेबारे छलफल भइरहेको ती नेताको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया