चीन भ्रमणमा जान लागेको रास्वपा टोलीसँग प्रधानमन्त्री बालेनको छलफल

लोकपथ
56
Shares

काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान सवा ११ बजेदेखि छलफल जारी रहेको हो ।

रास्वपाका २० जना नेता आइतबार (कात्तिक २९ गते) चीन भ्रमणमा जाने तयारीमा छन् । भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले उनीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा चीन भ्रमणको तयारी, उद्देश्य तथा भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा कुराकानी भइरहेको हुन सक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?