काठमाडौं । मलाइका अरोरा र अर्जुन कपुर अहिले माल्दिभ्समा सँगै समय बिताइरहेका छन् । दुवैले आ–आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट छुट्टीको तस्बिर र भिडियो सेयर गरिरहेका छन् ।

यी दुवैको एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा दुवैजना पानीमुनि कसरत गरिरहेका देखिएका छन् । मलाइका र अर्जुन पानीभित्र साइकल चलाइरहेका देखिएका छन्। भनिन्छ कि पानीमुनि कसरत गर्न गाह्रो छ। तर, यसका बावजुद दुवै जना निकै राम्रोसँग साइकल चलाइरहेका देखिन्छन् ।
हालै उनीहरु दुबै माल्दिभ्समा छुट्टी मनाउन गएका थिए । जहाँ दुवैले धेरै तस्बिर सेयर गरेका छन् । तर यी तस्बिरहरूमा विशेष कुरा यो थियो कि दुबैले सोलो फोटो र भिडियो सेयर गरेका थिए। तर, दुवैजनासँगै छन् भन्ने बुझ्न कसैलाई समय लागेन ।
मलाइका अरोरा र अर्जुन कपुरले लामो समयदेखि एकअर्कासँग कुरा नगरेको खबरले उनीहरुको ब्रेकअप भएको चर्चा चलेको थियो । दुवैलाई एकै ठाउँमा कमै देखिन्थ्यो । यस्तो अवस्थामा फ्यानहरुले उनीहरु अलग भएको अनुमान गरेका थिए । तर दुबैलाईसँगै बिदा मनाएको देखेर उक्त हल्ला समाप्त भएको छ ।

अर्जुन कपूर हालै फिल्म भूत पुलिसमा देखिएका थिए। उनी छिट्टै एक भिलेन रिटर्न्समा पनि देखिनेछन् । मलाइका अरोरा डान्स रियालिटी शो इन्डिया बेस्ट डान्सर २ को जजको रुपमा देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया