काठमाडौं । गत बुधबारबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले उनका प्रतिष्पर्धी कमल थापालाई हराउँदै विजयी भएका हुन् ।
त्यसैगरी राप्रपाको आगामी नेतृत्वका लागि उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् ।
त्यस्तै निर्वाचन मार्फत विजयी भएका केन्द्रीय कमिटीका सदस्यहरुको नामावली समेत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया