सिंहदरबार गोली प्रकरणः असईमाथि कारबाहीको डण्डा

लोकपथ
26
Shares

सिंहदरबारमा गोली चलेको घटनाको एक महिनापछि प्रहरी प्रधान कार्यालयले एक प्रहरीलाई कारबाहीको डण्डा चलाएको छ ।

कात्तिक १० गते राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको थियो । सो प्रहरणमा छानबिन गर्दा भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निस्किएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए । गोली चल्दा कुनै मानवीय क्षति भने भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?