राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी

लोकपथ
637
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरु जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?