काउन्टर अट्याक : एफआइआर दर्ता भएपछि कंगनाले सेयर गरिन् वाइन पिउँदै गरेको बोल्ड तस्बिर

लोकपथ
273
Shares

काठमाडौं । मोदी सरकारले कृषि कानून फिर्ता लिएपछि बलिउड अभिनेत्री कंगना रनौतले किसान आन्दोलनलाई खालिस्तानी आन्दोलनसँग तुलना गरेकी छिन् । त्यसपछि उनीविरुद्ध देशका विभिन्न क्षेत्रमा धेरै एफआइआर दर्ता भएका छन् ।

सिख समुदायविरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै महाराष्ट्र पुलिसले कंगनाविरुद्ध एफआईआर दर्ता गरेको छ।

यसैबीच, बुधबार कंगनाले आफ्नो इन्स्टा स्टोरीमा आफूविरुद्ध आज पनि एफआईआर दर्ता भएको जानकारी दिएकी छिन् । तर, यसले कंगनालाई कुनै फरक परेको भने छैन ।

कंगना रनौत

कंगनाले आफ्नो इन्स्टा स्टोरीमा आफ्नो बोल्ड तस्बिर सेयर गरेकी छिन्, जसमा उनी हातमा वाइनको गिलास समातेको देखिएकी छिन् । यसमा कंगनाले लेखेकी छिन्, ‘अर्को दिन, अर्को एफआईआर… यदि प्रहरीहरू मलाई गिरफ्तार गर्न आए भने… ‘

एक दिनअघि कंगनाविरुद्ध भोईवाडा प्रहरी चौकी दादरमा उजुरी परेको थियो । जसमा IPC को धारा 153, 153A, 153B, 504, 505, 505(2) र IT अधिनियम 2000 को धारा 79 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। सिखहरूको बारेमा बयान पछि, दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समिति (DSGMC) ले कंगना विरुद्ध देशद्रोह र अपमानजनक टिप्पणी गरेको भन्दै पुलिसमा उजुरी दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?