नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं. ३ को अधिवेशनबाट सभापतिमा मनोज गुरुङ विजयी भएका छन् । उनले प्रतिस्पर्धी खिमलाल बाँस्तोलालाई पराजित गर्दै क्षेत्रीय कार्यसमितिको नेतृत्व हासिल गरेका हुन् । गुरुङ ३८३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी बाँस्तोलाले ३१८ मत प्राप्त गरे ।
पार्टीको सचिव पदमा मोखबहादुर तामाङ र लक्ष्मी प्रसाद पौडेल विजयी भएका छन् । तामाङले ३४३ र पौडेलले ३२७ मत प्राप्त गरे । सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ विजयी भएका छन् । अधिकारीले ३६५ र गुरुङले ३३४ मत प्राप्त गरेका छन् ।
यसअघि नै घोषित परिणामअनुसार कास्की क्षेत्र नं. १ को सभापतिमा राजेन्द्रमणि लामिछाने र क्षेत्र नं. २ को सभापतिमा केशव प्रसाद निर्दोषी विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया