ओली भन्छन्–‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

लोकपथ
77
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् ।

गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्दै ओलीले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि नभाग्ने बताएका हुन् ।

उनले आफूहरू नेपाली मूलका नागरिक भएको बताउँदै अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको दाबी गरे ।

‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन,’ ओलीले भने ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवस्था बुझ्न ओली बुधवार बालकोट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?