काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः सुद्युम्न प्रसाद उपाध्याय नै दोहोरिएका छन् ।
भदौ २४ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी कार्तिक ६ गतेबाट उपाध्यायको पहिलो कार्यकाल समाप्त हुँदैछ । पहिलो कार्यकाल सकिए लगत्तै लागू हुने गरी उनलाई सीईओमा पुनर्नियुक्ति गरिएको हो ।
उनको दोस्रो कार्यकाल आगामी कार्तिक ७ गतेबाट २०८७ साल कार्तिक ६ गतेसम्म रहनेछ ।
लामो समय वित्तीय क्षेत्रमा बिताएका उपाध्याय अनुभवी व्यक्ति मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया