जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यद्यपि महाशाखाले आइतबार बिहान प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको रहेको जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया