शनिबार दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।
यसैगरी राति सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना पनि छ ।
अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव केही दिनयता नेपालमा जारी रहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया