नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध थप आन्दोलन घोषणा गरेको छ । बारले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलनलाई जारी राख्ने पनि भएको छ ।
शुक्रबार बसेको बारको बैठकले आन्दोलनलाई थप कडा बनाएर लैजाने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
बस्यालका अनुसार आइतबार देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेकका कुनैपनि मुद्दा नहेर्ने निर्णय भएको छ भने अदालतमा प्रहरी परिचालन नगर्न पनि अनुरोध भएको छ । यस्तै आन्दालनका क्रममा प्रहरी ज्याजती भएको भन्दै आपत्ति पनि बैठकले जनाएको छ ।
यस्तै सोमबार संसदमा भएका पार्टीहरुलाई प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाइने छ भने मंगलबार कुनैपनि मुद्दाहरु दर्ता नगर्ने निर्णय भएको छ ।
यसैगरी बुधबार देशभरका उच्च अदालतमा बृहद सभा गरिनेछ भने बिहीबार र शुक्रबार काठमाडौं केन्द्रीत विरोधका कार्यक्रम गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया