प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस

लोकपथ
98
Shares

काठमाडौं । नेपाल प्रहरीका ८ डीएसपी एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।

सिफारिसमा परेका डीएसपीहरुमा जनकबहादुर शाही, रामेश्वर कार्कि, चक्रराज जोशी, अर्जुन प्रसाद तिमल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?