कस्तो रहला आजको मौसम ?

लोकपथ
7
Shares

शुक्रबार कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको पनि जनाएको छ ।

यसैगरी राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने छ।

यस्तै दिउँसो जस्तै राति पनि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?