टी– ट्वान्टी क्रिकेट शृंखला नेपालले जित्यो

लोकपथ
49
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला जितेको छ ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?