मौसममा आयो परिवर्तन

लोकपथ
329
Shares

हाल नेपालको मौसममा परिवर्तन देखिएको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै बाँकी भूभागमा भने आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?