कस्तो रहला आगामी तीन दिनको मौसम ?

लोकपथ
777
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

यस्तै राति पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाको भनाइ छ ।

दिन दिनको मौसम हेर्नुहोस्

२०७८ मंसिर ०१ गते (बुधबार)

दिउँसो: प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

२०७८ मंसिर ०२ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार)

दिउँसो: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?