काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बंगलादेशबाट नेपाल आउने उडान छुटेको छ । कोभिडको पीसीआर रिपोर्ट नहुँदा विमानस्थलमा नेपाली टोली प्रवेश गर्न नसकेको हो ।
क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ । विमानबाट आउन सम्भव नभएपछि अब नेपाली टोली बसबाट नेपालको यात्रा गर्ने जनाइएको छ ।
नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा गएको थियो ।
नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया