काठमाडौं । माओवादी केन्द्रका नेता रामचन्द्र झाले पार्टी छाडेका छन् ।
नेता झाले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुसँग सल्लाह गरेरै आफूले पार्टी छाडेको जानकारी गराएको उनी निकट नेताहरुले बताएका छन् । माओवादी केन्द्र छाडेका झाले केही दिनमै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । नेता झा यसअघि पनि एमाले, नयाँ शक्ति हुँदै माओवादी केन्द्रमा पुगेका थिए ।
पार्टीले आफूलाई स्थायी कमिटी सदस्य नबनाएको भन्दै असन्तुष्ट रहेका थिए । एक साता अघि बसेको स्थायी कमिटी बैठकमा उपस्थित भएर प्रचण्डसहित शीर्ष नेताहरुसँग समेत भेटघाट गरेका थिए । एमालेको पोलिटव्यूरो सदस्य समेत भइसकेका झा डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्तिमा आवद्ध भएका थिए । तर पछि उनी माओवादी केन्द्रमा आएका थिए ।
नेता झा आगमी मंसिर ५ गते जनकपुरमा हुने एकीकृत समाजवादीको आयोजनामा जनकपुरमा हुन लागेको आम सभामार्फत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । एक दशकको अवधीमा विभिन्न पार्टीमा प्रवेश गरेका झालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने राजनीतिक अस्थिरताको संज्ञा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया