लालपुर्जा बाँड्न के गर्दैछ भूमि आयोग?

लोकपथ
189
Shares

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । मंगलबार मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।
आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका कामर अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्यांक मागिएको जानकारी दिए । त्यो तथ्यांक आयो भने अहिलेसम्म कति काम भएको छ, गर्नु पर्ने काम के छ र कति समय लाग्छ भन्नेबारे स्पष्ट हुने गृहमन्त्री खाणलाई जानकारी गराए ।
उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराएका थिए । कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पूर्जा बाड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।
गृहमन्त्री खाणले नतिजा आउनेगरी काम गर्न निर्देशन दिए । ‘गृह मन्त्रालयबाट हुने साथ र सहयोग तपाइहरूलाई पूर्ण रूपमा हुन्छ । नतिजा देखिनेगरी काम गर्नुहोला,’ गृहमन्त्री खाणले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?