बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार उनले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । पाण्डेलाई काँग्रेस र माओवादीको समर्थन रहेको छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।
पाण्डेलाई समर्थन गर्ने दल नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद् रहेका छन् । यसरी हेर्दा उनको पक्षमा बहुमत सहजै पुग्छ । उनलाई विश्वासको मत लिन ५५ जना सांसदको साथ पर्याप्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया