आजको मौसम–यी प्रदेशका बदली, केही स्थानमा हिमपात

लोकपथ
42
Shares

हाल नेपालको मौसममा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना देखिएको छ । यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?