प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुने नेपाल संवत््को नयाँ वर्षलाई स्वागत गरिएको छ । आजदेखि नेपाल संवत् ११४२ शुरु भएको छ ।
नेपाल संवत््को नयाँ वर्ष शुरु भएको खुसीयालीमा आज राजधानीका विभिन्न स्थानमा ¥याली एवम् सभाको आयोजना गरियो । नयाँ वर्षको स्वागत गर्न विशेषगरी नेवार समुदाय मौलिक भेषभुषामा सजिएर निस्किएका थिए । यस अवसरमा उपत्यकाका विभिन्न स्थानका साथै नेवार समुदायका बसोवार भएका शहरमा पनि मोटरसाइकल ¥याली गरिएको छ ।
यस संवत््लाई हाल विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०)मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत््को शुरुवात् गराउनुभएको थियो । यसै आधारमा नेपाल संवत्् मनाउन थालिएको विश्वास गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया