काठमाडौं । दर्शकले एउटै स्टेजमा अब एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउँने भएका छन् ।
दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार किर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै कलकारको प्रस्तुति रहने भएको हो ।
एमआरएस् जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजना रहेको कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
कार्यक्रममा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहनेछ । जसमा नवराज घोरासैनी, प्रकाश कटुवाल, हरी कर्माचार्य, रवि रिमाल, कमल खत्री, सपन श्रेष्ठ, कर्णराज गिरी, सुमनकुमार श्रेष्ठ, राजेश विष्ट, मञ्जु गौतम, बिनोद ढकाल, सुनिल कटुवाल, सुनिल थापा मगर, महादेव त्रिपाठी, बेगम नेपाली ‘भटभटे माइला’, राजेन्द्र गिरी ‘गुन्द्रुके’, सागर गिरी, राजन चौलागाई, किरण भुजेल, कविराज गहतराज, मोडल रिचा थापा, दीपक घिमिरे, धिरन तण्डुकार, बिनोद सिंह, मनिषा थापा, पराक्रम राणा, बाल डान्सर रोहित थापा मगर, वान लेग डान्सर रोमा न्यौपाने, नेपाली माइकल ज्याक्सन रेवन सापकोटा, रुबिसा श्रेष्ठ, सबिता थापा, एलिसा श्रेष्ठ र विश्वका सबैभन्दा साना कलाकार मनोज विकको समेत प्रस्तुति रहने आयोजक समेत रहेका कलाकार महादेव त्रिपाठीले बताए ।
कला, संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्यले आयोजना हुन लागेको कार्यक्रममा स्थानीय कलाकारको समेत बिभिन्न प्रस्तुति रहेको बताइएको छ । कार्यक्रममा कलाकार, समाजसेवीलाई सम्मान समेत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया