काठमाडौं । बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे यो फैसला सुनाएको हो ।
यद्यपि उनलाई आज एक दिन भने हिरासतमा नै राखिने छ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए ।
मंगलबारदेखि मुम्बईको उच्च न्यायालयमा यो बिषयमा बहस भएको थियो । आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । उनले,आर्यनको साथबाट ड्रग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।
आर्यनको साथमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आर्यनका वकिल मुकुलले मिडियासँग कुरा गर्दै अदालतले कुन शर्तमा जमानत दिने भन्ने विषयमा पूर्ण फैसला गर्ने बताएका छन् । उनले, शनिबार आर्यन, अरबाज र मुनमुन हिरासतबाट रिहा हुने बताएका छन् ।
आर्यनलाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रुज पार्टीमा सहभागी भएको समयमा पक्राउ गरेको थियो ।
आर्यनलाई पक्राउ गरेपछि एनसीबीको बिषयमा समेत थुप्रै विषयहरु विवादित भैरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया