कार्तिक २९ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

लोकपथ
21
Shares

काठमाडौं । आगामी कार्तिक २९ गते सोमबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत १३ औँ बैठक बिहीबार (आज) बसेको थियो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको छ । गत भदौ २३ गतेबाट सुरु भएको प्रत्येक बैठकमा एमालेले विभिन्न मागसहित अवरोध खडा गरिरहेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाएका थिए । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७८ पेश लगायतका कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?