काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छिन् ।
बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । यसअघिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस भइसकेको छ भने मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा दलहरु छलफलमा समेत भाग लिइसकेका छन् ।
आज विश्वासको मतका लागि मतविभाजन हुने भएको हो ।
गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।
बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य कायम रहेका छन् भने बहुमतका लागि ५५ जनाको आवश्यकता पर्छ ।
जसमध्ये एमालेसँग सभामुखसहित ४३ जनामात्रै सदस्य रहेका छन् । विपक्षी गठबन्धनसँग भने माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना गरी ५९ जना सांसद रहेका छन् ।
यद्यपि, मुख्यमन्त्री शाक्यलाई विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई जना प्रदेशसभाका सदस्यहरुले समेत समर्थन गरेपनि उनको बहुमत पुग्ने अवस्था देखिँदैन ।
विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया