असार २८ को फैसला गर्ने संवैधानिक इजलासप्रति खनिए ओली

लोकपथ
98
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सबैले राजीनामा दिनुपर्ने भन्दै आक्रोशित बनेका छन् ।

मंगलबार (आज) देशभर ७५३ पालिका अधिवेशनलाई एकैपटक पालिका अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग भइरहेको परमादेश जारी गर्ने प्रधानन्यायाधीशले मात्र नभइ संवैधानिक इजलासका न्यायाधीशहरुको राजीनामा माग गरेको हुन् ।

पालिका अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु’, ओलीले भने, ‘पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पु¥याउनु भएको छ त, पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

गत जेठ ७ गते मध्यरातमा तत्कालित प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनलाई सदर गरेकी थिइन् । सोविरुद्ध परेको रिटमाथी गत असार २८ गते ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै विपक्षी दलका नेता शेरबहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको निर्णयमाथि खनिँदै ओलीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक इजलासका न्यायाधीशहरुले राजीनामा दिनपर्ने भन्दै आक्रोशित बनेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारमा हुँदा आफूले गरेका कामहरु आफ्नै पार्टीका मान्छेहरुले जनतासम्म नपु¥याएको टिप्पणी गरे ।

आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने एमालेको महाधिवेशन अन्तर्गत आज ओलीले एकैपटक ७५३ पालिका उद्घाटन गरेका छन् । यसअघि ओलीले कार्तिक ६ गते भर्चुअल माध्यमबाट एकैपटक वडा अधिवेशन उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?