काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको ९ हजार ३ सय ७६ जनाको नमुना परीक्षणमा थप सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ जनाको पीसीआर परीक्षणमा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टीजेन परीक्षणमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ९ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया