काठमाडौं । नेकपा एमालेको आगामी १०औँ महाधिवेशन चितवनमा हुने भएको छ ।
बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने तय भएको थियो । यद्यपि ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो ।
यसअघि बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर आजको बैठकले चितवनमा गर्ने निश्चित गरेको हो ।
त्यस्तै बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा ११ जनाको मूल व्यवस्थापन कमिटी गठन समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया