काठमाडौं । संघीय सांसद प्रदीप यादवले इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्तीको शुभकामना दिएका छन् ।
रसुलको जन्मजयन्तीको अवसरमा वीरगंजमा मुस्लिम समुदायद्वारा निकालीएको (जश्न रैली) शोभा यात्रामा सहभागी भई सांसद यादवले उक्त जलपान कार्यक्रमको व्यवस्थापनसमेत गरेका हुन् ।
सांसद यादवले आफ्नो सामाजिक सञ्जालमा पोस्ट अपलोड गर्दै रसुलको जन्मजयन्तीको शुभकामना दिएका छन् भने जश्न रैली शोभा यात्रामा आफू सहभागी भएको जानकारी दिए ।

आज इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४३ चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया