अन्तिम चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट

लोकपथ
511
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।

क्यानले छनोट गरेकोटोलीमा कप्तान रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन् ।

यस्तै अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् ।

बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?