एमबाप्पेको गोलमा पीएसजी विजयी

लोकपथ
784
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन डानिलो पेरिरा र केलियन एमबाप्पेले समान एक एक गोल गरे ।

एन्जर्सका एन्गेलो फुल्गिनीले एक गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा फुल्गिनीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

तर, ६९ औं मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए ।  खेलको ८७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाएका थिए ।

यस जितसँगै पीएसजीले १० खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।

एन्जर्स १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?