चेन्नईले चुम्यो आईपीएलको उपाधि

लोकपथ
448
Shares

काठमाडौं । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि हात पारेको छ ।

दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनायो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए ।

शिबम माभीले २० रन बनाए भने लक्की फर्गुसनले अविजित १८ रन जोडे ।

चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २र२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १र१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए । रोबिन उथप्पाले ३१ रन बनाए ।

कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?