गोर्खाली ब्रदर्शले चुम्यो युथ फुटबल टुर्नामेन्टको उपाधि

लोकपथ
2.1k
Shares

काठमाडौं । तार्केश्वर युवा क्लबद्वारा आयोजित दोस्रो युथ फुटबल टुर्नामेन्टको उपाधि गोर्खाली ब्रदर्शले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा ‘धमाथु क्लब’लाई १-० गोल अन्तरले पराजित गर्दै गोर्खाली ब्रदर्शले उपाधि चुमेको हो ।

टुर्नामेन्टमा १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका आयोजक प्रज्जवल लामाले लोकपथलाई जानकारी दिए ।

No description available.

प्रतियोगितामा प्रमुख अतिथीको रुपमा नेपाल लोकतान्त्रीक खेलकुद महासंघका अध्यक्ष दिपक गुरुङ पूर्वफिफा रेफ्री राजेश श्रेष्ठ, बालाजु प्रहरीका प्रहरी प्रमुख (डीएसपी) निर्मल बुढाथोकी र नेपाल डाट्स एसोसियसनका अध्यक्ष सुदर्शन जमकटेल लगायतको उपस्थिति रहेको थियो ।

No description available.

प्रतियोगितामा बेस्ट प्लेयर पुर्ण गुरुङले हात पारेका छन् । उनले ६ खेलमा १० गोल गरेका थिए । बेस्ट गोलकिप्परको अवार्ड अजय लामिछाने पाएका छन् भने बेस्ट कोच बिपिन पाण्डेले हात पारेका छन् ।

No description available.

असोज २० गतेबाट सुरु भएको प्रतियोगिताको विजेता गोर्खाली ब्रदर्शले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै दोस्रो भएको ‘धमाथु क्लब’ले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?