सहरबाट गाउँ जाँदै हुनुहुन्छ ? अपनाउनुहोस् यी सावधानी

लोकपथ
133
Shares

काठमाडौं । कोरोनाको कहरका बीच हामी यस वर्षको बडा दशैँ मनाउँदै छौँ । मानसिक रुपमा डर केही कम भए पनि अझै कोरोनाको संक्रमण हराउन सकेको छैन ।

केही पहिलेसम्म काठमाडौं उपत्यकामा अन्य जिल्लाहरूबाट कोरोना आउँछ कि भन्ने आशंका उब्जिएको थियो । सरकारले केही समय त विभिन्न नाकामा जाँच पड्ताल गर्ने व्यवस्था समेत गरेको थियो ।

तर हाल काठमाडौंबाट बाहिर जाने मानिसले पो कोरोना जोखिम लैजान्छन् कि ? भन्ने संशय उत्पन्न भएको छ । यो विषम परिस्थितिका बीच दशैँ मनाइरहँदा हामीले ध्यान दिनुपर्ने कुरा धेरै छन् । यदि तपाईँ पनि काठमाडौं उपत्यका वा अन्य घना बस्ती भएका सहरबाट गाउँ फर्कँदै हुनुहुन्छ भने तपाईँको लागि उपयोगी हुने केही टिप्सहरू लोकपथले विज्ञसँग लिइएका अन्तर्वार्ता र स्वास्थ्य मन्त्रालयले बेला–बेलामा दिएको जानकारीबाट संकलन गरिएको छ ।

यात्राका दौरानमा होस् वा आफन्तको घरमा जाँदा :

-मास्कको अनिवार्य प्रयोग गर्नुहोस्
-भौतिक दूरी अनिवार्य कायम गर्नुहोस्
-नियमित रुपमा मिचिमिची हात धुने गरौँ, यदि साबुनपानीको उपलब्धता नभएमा स्यानिटाइजरको प्रयोग गर्ने गरौँ ।
-खोक्दा वा हाच्छ्युँ गर्दा पनि मास्क नखोल्नुहोस् । यदि मास्क छैन भने कुहिनाले मुख ढाक्नुहोस् ।
-मानिसहरू कुराकानी, गफगाफ, हेलमेल धेरै हुँदा संक्रमण सर्न वा सारिन सक्ने भएको कारण -यस पटक आमन्नेसामन्ने भन्दा पनि साइडमा दुरी कायम गरी बस्नुहोस् ।

-हाम्रो आँखाले नदेखिने किसिमका सूक्ष्म भाइरस हावामा पनि हुन्छन् । ती जुनसुकै बेला हाम्रो श्वासप्रश्वासका माध्यमबाट शरीरमा प्रवेश गर्छन् । त्यसैले भीडभाडमा सर्जिकल मास्कको उचित प्रयोग गर्नुपर्छ ।

-एटीएम जाँदा पनि निकै सावधानीपूर्वक उपकरणहरू चलाउनुपर्छ ।

फलफूल पसलमा गएर विभिन्न फलफूल छामछुम गर्ने नाप्ने जाँच्ने काममा धेरै समय लगाउनु हुँदैन । आफ्नो काम सकेर छिटोछरितो भीडभाड नभएको स्थानमा जानुपर्छ ।

यदि सार्वजनिक सवारी प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको ढोका सिटको छेउमा धेरै जनाले छोएको हुनसक्छ । यस्ता सार्वजनिक वस्तुहरूको प्रयोग गर्दा हातमा ग्लोब्स लगाउने र अझ सचेत हुनुपर्छ । गाडीमा यात्रा गर्दा संक्रमण नभएको मान्छेलाई पनि संक्रमण सर्न सक्छ ।

यदी तपाईँले भेट्न खोज्नुभएको मानिसमा जटिल किसिमको स्वास्थ्य समस्या छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति छन् भने औषधि सेवन गरिरहेको व्यक्ति हो अथवा दीर्घरोगी हुन्, भर्खरै अप्रेसन गरेका बिरामी भए, ज्येष्ठ नागरिक भए अझै ख्याल गर्नुपर्छ । विश्वमा हालसम्म कोरोनाको कारण हुने मृत्युदर सबैभन्दा धेरै यो उमेर समूहमा छ ।

यस्ता व्यक्तिहरूसँग कुरा गर्दा अझै सतर्क र सावधानी अपनाउनुपर्छ । यदि तपाईँमा लक्षणबिनाको कोरोना भाइरस संक्रमण छ तर असर देखाएको छैन भने तपाईँबाट कोरोना सरेर लक्षण देखिन थालेकाहरूमा अझै समस्या थपिन्छ । यस कारण तपाईँमा लक्षण नदेखीकनै कोरोना भाइरस शरीरमा हुन सक्दछ ।

दशैँ तिहारजस्ता चाडबाडमा जुवातास खेल्ने चलन पुरानो हो तर यस पटक जुवातास खेल्नु भनेको संकटलाई निम्तो दिनु हो । यो क्रियाकलाप नगर्नु नै बुद्धिमानी हुनेछ ।

लामो समयमा आफन्तसँग वा साथीभाइसँग भेट हुने हुँदा एकछिन् भेला भएर के भो त ? भन्ने सोचाइ राख्नुभयो भने एकछिनले निम्त्याउने विपद् निकै घातक सिद्ध हुनसक्छ । तास खेल्दा तासमा थुक लगाउने र हो–हल्ला गर्ने चलन हुन्छ । यसो संक्रमणको जोखिम बढ्छ ।

केटाकेटीलाई धेरै जनाले एकै पटक टीका लगाइदिनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासबाट बाहिरिने थुकका छिटा बालबालिकाको मुखमा पर्न सक्छ । नजिकमा बसेर खाना खाने चलन पनि यो पटक बन्द नै गर्नुपर्छ । विज्ञहरूका अनुसार बरु ज्येष्ठ नागरिकलाई सम्मान दिने हो भने टीका लगाउन नजाऔँ । तर यो संस्कृतिसम्वत् नभएका कारण टीका ग्रहण गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ ।

गाउँघरमा पूजापाठ गर्दा सबै जना एक ठाउँमा भेला हुँदा विभिन्न समुदाय, स्थान र व्यक्रिसँग सम्पर्कमा आएका व्यक्तिहरू एकै ठाउँमा भेला हुन्छन् । यसो गर्दा पनि कोरोनाको जोखिम बढ्छ ।

कोरोनको कारण लाखौँ मानिसले ज्यान गुमाएका छन् । करोडौँ मानिसहरू संक्रमित भएका छन् । यस कारण सचेत भएर मात्रै चाडबाडलाई रिन्तरता दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?