काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे विराेधका बीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७०७८ को पेश गरे ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया