काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित हात पारेको छ ।सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा पाउलले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा मार्टिनेजले गोल अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले १० खेलमा २२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै, उरुग्वे ११ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया